ताजा अपडेट »

कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र दम्पत्ति नर्भिक अस्पतालमा

शनिबार, ११ बैशाख २०७८, १४ : ०७
8 Shares

काठमाण्डौं । कोभिड संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल राज्यलक्ष्मी शाह उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । हरिद्वारमा सम्पन्न कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्व राजा दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना भएपछि निर्मल निवासमै बसिरहेका पूर्व राजा–रानीलाई स्वास्थ्यमा थप समस्या भएपछि दिउँसो १ बजे अस्पताल ल्याइएको नर्भिक अस्पतालका एक कर्मचारीले बताए । अहिले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।