ताजा अपडेट »

कोरोना संक्रमण बढेपछि रुपन्देहीका सबै हाटबजार बन्द गर्न निर्देशन

शनिबार, ११ बैशाख २०७८, १३ : ३९
4 Shares

बुटवल । कोराना संक्रमणको दर बढ्दै गएपछि रुपन्देहीमा नियमित सञ्चालनमा आउने हाट बजारहरु बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आदेशमा नियमित रुपमा लाग्दै आएका सबै हाटबजारहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।

जिल्लाकै सबैभन्दा ठूलो हाटबजार स्थाल बुटवल उपमहानगरपालिका-६ मा हाटबजारम शनिवार विहानैदेखि प्रहरी परिचालन गरी गराइएको छ । सुरक्षाकर्मी नै परिचालन गरी प्रशासनले हाटबजार बन्द गराएपछि व्यापारीहरु आफ्नो सामान बोकेर फिर्ता भएका छन् । दैनिक उपभोग्य वस्तु, तरकारीको हाट बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले भने आफूहरुले भौतिक दुरी कायम गरी व्यापार गर्न पाउनु पर्ने माग गरेका छन् ।

च्याउ उत्पादक किसान संघ रुपन्देहीका ऋषव पोखरेलले किसानले उत्पादन गरेका बस्तुको सहज रुपमा विक्रि गर्न पाउनुपर्ने बताए । कृषकको उत्पादनलाई खेर जान नदिनका लागि हाट बजारमा व्यवस्थित रुपमा सामाजिक दुरी कायम गरेर विक्रि गर्न पाउनुपर्ने माग गरे । यसका लागि च्याउ लगायत तरकारी उत्पादक किसान संघ तथा महासंघहरु सकारात्मक रहेको उनको भनाई छ ।

रुपन्देहीमा शनिवारदेखि लाग्दै आएका सबै हाट बजारहरु बन्द भएपछि हाट बजार व्यवसायी संघ रुपन्देहीले बुटवल उपमहानगरपालिका लगायतका स्थानीय तहमा डेलिगेसन जाने र सहज रुपमा किसानको उत्पादन विक्रि गर्ने बतावरण मिलाउन आग्रह गर्दै छ । सो बारेमा व्यवसायीहरु बीच छलफल गर्न भोलि (आईतबार) समय तय गरिएको हाट बजार व्यवसायी संघ रुपन्देहीका अध्यक्ष टेक बहादुर जिसीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।