ताजा अपडेट »

तरकारी बजारमा क्युआर कोड भुक्तानी

शनिबार, ११ बैशाख २०७८, १४ : ०२
4 Shares

वाग्मती। वाग्मती प्रदेशको राजधानी हेटौँडामा सनराइज बैंक लिमिटेड हेटौँडा शाखाले तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । वाग्मती प्रदेश राजधानी हेटौँडा बजारमा रहेको खोपेगल्ली तरकारी बजारमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवा सञ्चालनमा ल्याएको हो । क्युआर सेवा १० वटा तरकारी पसलमा शुरुआत गरिएको छ । यसको विस्तार खोपेगल्ली हँुदै हेटौँडा– १० स्थित सब्जीमण्डीमा पनि गरिने जनाइएको छ ।

कोरोना महामारीको अवस्थामा यस्तो सेवा झन प्रभावकारी रहने उपभोक्ताले प्रतिक्रिया दिएका छन् । हेटाँैडा बजारलाई डिजिटल प्रणालीमा लैजान क्युआर सेवा राम्रो रहने हुँदा सबै व्यवसाय क्षेत्रमा यसको विस्तार गर्न आग्रह गरिएको छ ।पहिलो चरणको कोरोना कहरमा खोपेगल्ली दुवै सडक सञ्जालमा सिल गरेको अवस्था थियो । त्यस्तो अवस्था नआउनका लागि सुरक्षित रहन डिजिटल बैंकिङ सेवा लिन र दिन सबैलाई अनुरोध गरिएको छ ।यस प्रणाली नगदरहित कारोवारको एक उत्कृष्ट र भरपर्दो माध्यम बन्न जानेमा बैंक विश्वस्त रहेको छ र डिजिटल भुक्तानीमा विश्वसनीयता बढाउन र नगदरहित कारोवारलाई थप प्रोत्साहन गर्न बैंकले डिजिटल कारोवारसम्बन्धी सचेतना कार्यक्रमसमेत गर्दै आइरहेको प्रबन्धक खतिवडाले बताए ।

रासस
लेखकको बारेमा
रासस