ताजा अपडेट »

प्रदेश राजधानीकाे गुरुयाेजना निर्माण गर्न परामर्श दातृ संस्था छनौट

शनिबार, ११ बैशाख २०७८, १२ : ०८
42 Shares

दाङ । प्रदेश राजधानीको गुरुयोजना निर्माण गर्ने मुख्य उद्देश्यले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको बिजौरीमा कार्यालय स्थापना गरेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले राजधानी शहरको गुरुयोजना निर्माण गर्नका लागि परामर्श दातृ संस्था छनौट गरिएको छ । छनौटमा परेको परामर्श दातृ संस्थाले राप्ती गाउँपालिकामै मुकाम राखेर भौगोलिक जानकारी लिई आधुनिक राजधानी शहरको परिकल्पना तयार गरी प्रतिवेदन पेश गर्ने पूर्वाधार विकास प्राधिकरणले बताएको छ । प्रतिवेदन तयार गर्नु अघि परामर्श दातृ संस्थाले राजधानी घोषणा भएको क्षेत्रका स्थानीहरूसँग सुझावसमेत लिने भएको छ ।

राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरूसँग एक चरणको छलफल आफै गरिसकेको पूर्वाधार विकास प्राधिकरणले राजधानी शहर कस्तो हुने भन्ने परिकल्पनासमेत गरेको र छिटै पूर्वाधार निर्माणका काम हुने पूर्वाधार विकास प्राधिकरणका सिभिल इन्जिनियर तिलकबहादुर गाहाले बताए । प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले राजधानी शहरको काम बाहेक लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम गरिरहेको छ । राप्ती प्रादेशिक अस्पतालको मास्टर प्लान तयार भैसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन तयारीको काम भैरहेको जनाएको छ ।

लुम्बिनी प्रदेशको राजधानी कस्तो बनाउने भन्ने विषयमा मास्टर प्लान भैरहेको र प्राधिकरणले यसका लागि आवश्यक परियोजना प्रतिवेदन तयार गरिसकेको प्रदेश पूर्वाधार व्यवस्थापन कार्यालयका प्रमुख रामप्रसाद ज्ञवाली जानकारी दिए । प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले राप्ती गाउँपालिकामा प्रदेश सभा भवन निर्माणका लागि टेन्डर आह्वान गरि भवन निर्माणको काम अगाडि बढाइसकेको राप्ती उद्योग वाणिज्य संघ भालुबाङका अध्यक्ष सुरज खड्काले बताए ।

तिन महिना भित्र सम्पन्न गर्ने गरी सभा भवन निर्माणको काम अगाडि बढेको प्राधिकरणले जनाएको छ । प्रदेश राजधानी व्यवस्थापन तथा विकास निर्माणका कामले गति लिदा व्यवसायीलाई पनि फाइदा पुगेको छ । राजधानी दाङको देउखुरीमा आएपछि विकास निर्माणका काम र गुरुयोजनाहरू बनेको बताउँदै प्रदेशको अधिवेशन पनि दाङमा गर्ने तयारी भएको जनप्रतिनिधि गढवा गाउपालिका १ का वडा अध्यक्ष बाबुराम अधिकारी भनाई छ ।

यससँगै यो ठाँउमा निकै चहलपहलमा फरकपन महशुस गरिएको छ । राजधानी आइसकेपछि देउखुरीबासीलाई फाइदा पुगेको स्थानीय बिरेन्द्र गिरीले बताए । विभिन्न सेवा सुबिधाका पनि पाएका छन । ओझेलमा परेका ठाँउको प्रचार भएको छ । देउखुरीबासीको राजधानी प्रतिको अन्योलता पनि हटेको हुँदा स्थानीयहरु निकै खुशी  भएका छौं अंशु बोहराले बताइन् । अहिले प्रदेश राजधानी ब्यबस्थापनको लागि जुन गतिमा काम भैरहेको छ । त्यसरी नै काम भैरहयो भने पक्कै पनि समयमै स्थायी संरचना निर्माण हुन आकल गरिएको छ । त्यसका लागि प्रदेश सरकाले नजिकबाट निगरानी गर्न जरुरी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।