ताजा अपडेट »

सन्दीपले खेले १ सय टी–२०, बने नेपालकै पहिलो

शुक्रबार, १० बैशाख २०७८, १६ : १३
2 Shares

बुटवल । लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा १ सय खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।त्रिदेशीय टी–२० सिरिज अन्तर्गत विहीबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्ध खेल्दै उनले उक्त राष्ट्रिय कीर्तिमान बनाएका हुन् । मलेसियाविरुद्धको खेलमा २० वर्षीय लामिछानेले चार ओभर बलिङ गर्दै ४२ रन खर्चेर तीन विकेट लिए । हाल जारी त्रिदेशीय सिरिजमा उनले चार खेलमा ११ विकेट लिदै सिरिजमा धेरै विकेट लिने खेलाडीमा अग्र स्थानमा रहेका छन् ।

नेदरल्याण्ड्ससँग भएको पहिलो खेलमा लामिछानेले दुई, मलेसियासितको खेलमा दुई, नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा चार तथा हिजोको खेलमा तीन विकेट लिएका हुन् ।लामिछानेले नेपालका लागि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमानसमेत बनाएका छन् । सन्दीपले २५ टी–२० खेलमा ४५ विकेट लिदै यस्तो किर्तिमान बनाएका हुन् । यसअघि सर्वाधिक विकेट लिने राष्ट्रिय कीर्तिमान करण केसीका नाममा थियो । करणले ३२ खेलमा ४१ विकेट लिएका छन् ।

टी–२० मा लामिछानेले ७५ टी–२० खेल भने विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलेका हुन् । टी–२० अन्तरराष्ट्रिय खेलमा उनले २४ खेल नेपाली राष्ट्रिय टिमबाट तथा एउटा खेल विश्व–११ टोलीबाट खेलेका हुन् ।सन् २०१८ मा वेस्ट इन्डिजमा भएको टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले डेब्यु गरेका हुन् । लामिछाने नेपालका लागि टी–२० क्रिकेटमा १०० विकेट लिने पनि पहिलो खेलाडी हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।