ताजा अपडेट »

लुम्बिनी प्यालेस आन्तरिक पर्यटनको हब हो : डिजिएम झा

विहीबार, ०९ बैशाख २०७८, १९ : १८
20 Shares

रुपन्देहीमा आन्तरिक तथा बाह्य पर्यटक लक्षित सुविधा सम्पन्न होटल तथा रेष्टुरेन्टहरु सञ्चालनमा आउने क्रम जारी छ । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले पर्यटक भित्र्याउने लक्षसहित वर्ष २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा घोषणा गर्नुका साथै नेपाल सरकारले भ्रमण वर्ष २०२० घोषणा गरेपछि हौसियएका व्यवसायीहरु विश्वव्यापी कोरोना महामारीले मर्कामा परे । महामारीकै कारण सरकारले भ्रमण वर्षलाई स्थगित गर्नु पर्ने स्थिती सिर्जना भयो । होटल व्यवसाय ठप्प रहँदा करोडौं आर्थिक क्षति व्यहोर्नु पर्यो । यसैबीच रुपन्देहीको शियारी गाउँपालिका ५ सञ्चालनमा आएको लुम्बिनी प्यालेस रिसोर्ट प्रालिले स्थापनाको वर्षमै कोरोना महामारीको सामना गर्नु पर्यो । महामारीसँग जुध्दै एक वर्षको यात्रा पूरा गरेको छ । यसै विषयमा रहेर ग्लोबल आवाजका लागि आचार्य प्रदिपले रिसोर्टका डेप्यूटी जनरल म्यानेजर अरुण झासँग गरेको कुराकानी

रिसोर्टको पूवार्धार र सञ्चालनमा कति लगानी छ ?
–हामी स्थापनाको १ वर्ष पूरा गरी दोस्रो वर्षमा चलिरहेका छौँ । २०७७ फागुन ५ गते स्थापना स्थापना भइरहँदा जग्गादेखि सबै भौतिक संरचनाहरु निर्माण गरिसकेका छौँ । यसमा कुनै समूहको लगानी छैन । यसमा अर्जुन भुसालको एकल लगानी हो । अर्जुन सरको सोँचमा नै आधारित रहेर यो सञ्चालन भएको हो । उहाँले युवा पुस्ताको मानिसहरु बिदेशी रहेको देखेर केही हदसम्म भएपनि यो प्रक्रिया बन्द होस् भन्ने मुख्य लक्ष्य राख्नुभएको छ । बिदेशीनुको पीडा बढी हुन्छ, त्यो पिडा उहाँ आफैले पनि भोग्नुभएकोले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने तवरबाट शुरु गर्नुभएको हो । उहाँले त्यो पीडा कसैलेपनि नभोगोस् भन्नको लागि यो सञ्चालनमा ल्गाउनु भएको हो । रिसोर्ट व्यवस्थापनमा नियमित रुपमा लगानी बढिरहेको छ । ठ्याक्कै यत्ति नै भन्ने अवस्था छैन् । तर अहिलेको अवस्थामा १ अर्ब बढीको लागतमा यो रिसोर्ट सञ्चालनमा रहेको छ । हामीले अर्गानिक हबको रुपमा यसलाई विकास गरिरहेका छौँ ।

युवाहरु विदेशिन नपरोस् भनेर सञ्चालन गरिएको रिसोर्टमा कति जना रोजगाररत छन् ?
–हाम्रो उद्देश्य भनेको युवापुस्ताको उर्जाशिल समय स्वदेशमानै खर्च होस् भन्ने हो । यसको आधारमा हामीसँग प्रत्यक्ष रुपमा ८० जना भन्दा बढि ब्यक्तिहरुले रोजगार पाइराख्नु भएको छ । अप्रत्यक्ष रुपमा धेरै ब्यक्तिहरुले रोजगार पाइराख्नु भएको छ । कोभिडको समय भएकोले पनि धेरै ब्यक्तिहरुलाई हामीले प्रत्यक्ष जोड्न सकिरहेका छैनौं । अझैपनि थपिने सेवा सुविधाहरुमा अझै धेरै ब्यक्तिलाई रोजगारी प्रदान गर्ने योजना छ ।

रिसोर्ट कुन वर्गका ग्राहक तथा कस्ता किसिमका पर्यटकहरुप्रति लक्षित छ ?
–कुनैपनि बिजनेश शुरु गर्नको लागि हामीले एउटा कुरा सोँच्नुपर्छ की हाम्रा ग्राहकहरु हुनुहुन्छ, उहाँहरुले के चाहानु हुन्छ । यसले पर्यटन क्षेत्रका मात्रै होइन । अन्य क्षेत्रमा समेत सफल भइन्छ जस्तो लाग्छ मलाई । हामीले जसरी यस रिसोर्टलाई आन्तरिक पर्यटको हब बनाउन प्रयासरत छौं । यसलाई स्थानीय र अर्गानिक हबको रुपमा विकास गरी छिमेकी राष्ट्र भारत लगाएत लुम्बिनी आउने विभिन्न देशका पर्यटकरु पनि हाम्रो लक्षित समूहमा पर्नुहुन्छ । कोरोना महामारीका कारण भने हाम्रो रिसोर्टमा स्थानीय तथा आन्तरिक पर्यटकहरुको उल्लेख्य सहभागिता हुँदै आएको छ । हामीले शुरु गर्दैगर्दा कोरोना महामारीले पनि निकै समस्यामा पर्यौँ । यसले बाहिरी देशमा हामीले प्रचारप्रसार गर्न पाएनौँ । अहिले हामीहरुसंग स्वदेशी ग्राहकहरुलाई सेवा दिइरहेका छौँ । पछि हामीले बिदेशी बजार तिर पनि हाम्रो फोकस रहनेछ । अहिले बाध्यताले पनि हामी जान सकेका छैनौँ

सुरुवातदेखिनै कोभिडको प्रभावबाट गुज्रिरहँदा रिसोर्ट कसरी अगाडि बढिरहेको छ ?
–कोभिडको कारणले पर्यटन क्षेत्रलाई निकै समस्या पार्यो । कोभिडले हामीलाई व्यवस्थापन गर्नको लागि निकै गार्हो भयो । पर्यटन व्यवसायसँगै अन्य व्यवसायको बारेमा पनि सरकार अझैपनि गम्भीर देखिएको छैन । उद्योग व्यवसाय सञ्चालन गरिरहँदा सरकारकी तर्फबाट पनि केही राहातको प्याकेजहरु ल्याइदिन आवश्यक छ । यसले सुरुवाती अवस्थमा सबै लागानी भौतिक संरचना निर्माणमा भएको हुन्छ, त्यहि समयमा आइपर्ने यस्ता अफ्ठ्याराले नियमित सञ्चालनको लागि निकै समस्या पार्दछ । हामी स्थापना हुँदैगर्दा कोरोनाको चपेटामा पर्यौं । यसले हामीले धेरैकुराहरु गर्न पाएनौँ । हामीसँग ग्राहकहरु नहुँदा पनि त्यसको व्यवस्थापन लगायतका कुराहरु हाम्रा लागि चूनौतीपूर्ण रहे । हामी स्थापना देखिनै समस्यामा रहेपनि निकै ठूलो समस्या भने आइपरेन । तर पुनः कोभिडको समस्या देखिरहेको अवस्था छ । यसले केही उठ्न लागेको पर्यटन क्षेत्रलाई पुनः समस्यातर्फ नधकेल्ला भन्न सकिन्न । कोरोनाको स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गरिरहेका हुन्छौ । सरकारको निर्णयलाई हामीले आत्मसाथ गर्दै आएका छौं ।

रिसोर्ट राजमार्गबाट केही टाढा वा ग्रामिण भेगमा रहेको छ । आवत–जावतका लागि छुट्टै यातायात व्यवस्था छ ?
–हामीकहाँ आउने र आउन चाहाने जो कोही पनि हुनुहुन्छ उहाँलाई ल्याउन पुर्याउनको लागि हामीले व्यवस्थापन आवश्यकता अनुसार मिलाउँदै आएका छौं । बुटवल, भैरहवा, पोखरा, काठमाडौं लगाएतका देशका मुख्य सहरहरुमा पुग्नको लागि हाम्रो ट्राभल पार्टनरसँग सहकार्यमा त्यो व्यवस्थापन गर्दछौँ ।

लुम्बिनी रिसोर्टका मुख्य विशेष्ताहरु के–कस्ता रहेका छन्, जसका लागि त्यहाँ पुग्नै पर्छ ?
–जो कोही पनि हाम्रोमा आउँदै हुनुहुन्छ उहाँलाई हार्दिक स्वागत छ । हामी तपाइँलाई सुविधा दिनको लागि आतुर छौँ । त्यहाँ फोटो खिच्नुको साथै छुट्टाउनै नहुने भनेको बोटिङ्ग हो । यहाँ हामीसँग भएको तलाउ(पोखरी)मा डुङ्गा सयर एकदमै रमाइलो हुन्छ । हामीकहाँ बोटिङको साथसाथै एग्रो सफारी पनि गर्नेपर्ने हुन्छ । यसले युवा पुस्तामा धेरै कुराको ज्ञान हुनेछ । यो सफारीले आगामी दिनको लागि युवापुस्तामा निकै यूनिक आइडियाहरु आउने हाम्रो अपेक्षा छ । त्यहाँ आईसकेपछि गर्नेपर्ने अनुभव भनेको पोण्डभिल्ला पनि हो । हामीले बनाएको आर्टिफिसियल लेकभित्र रहेको पोण्डभिल्लामा आवश्यक सबै कुराहरु डुङ्गाको सहाराले पनि पुर्याउँछौँ, त्यसको पनि अनुभव जसरीपनि गर्दाहुन्छ । साथै हामीले एउटा निर्माण सम्पन्न गर्न लागेको १०/१५ दिनभित्र बन्दै गरेको एक्स्क्लूििसभ बार पनि तयार हुँदैछ । कोरोनाको कारणले गर्दा निर्माण सम्पन्न गर्नको लागि समय लागेको हो ।

रिसोर्टका आगामी योजनाहरु के–के छन् ?
–देश र आर्थिक परिवेश सहज हुँदै गएमा आउँदा वर्षमा अझै परिस्कृत बनाउने योजना पनि रहेका छन् । हामीले ६० रुम बनाउने मुख्य योजना छ । निर्माणाधिन एक्सक्लुसीभ बार पनि निर्माणको काम अन्तिम चरणमा प्रवेश गरेको छ । साथै हामीले क्यासिनोको पनि निर्माणको लागि योजना बनाइरहेका छौँ । यसका साथै हामीले विभिन्न किसिमका आउटलेटहरुको निर्माणको पनि योजना रहेको छ। साथै स्वीमिङ पुल पनि निर्माणको योजना पनि राखेकाछौ । मसाज सहितको हेल्थ क्लबको पनि निर्माणलाई हामीले योजनामा अगाडि बढाएका छौँ । स्पा पनि योजना बनाएका छौ । यो संभव भएसम्म यो वर्षमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेका छौँ । यसका साथै केही वर्ष भित्रैमा बाल उद्यान, वाटरपार्कको पनि हामीले योजना बनाएका छौँ । लुम्बिनी प्यालेस रिसोर्ट भनेर आउने जो कोहीलाई पनि हामीले अन्य क्षेत्रको यहाँबाट दिन मिल्ने सबै सुबिधा यहिँबाट नै दिनेछौँ ।

आचार्य प्रदीप
लेखकको बारेमा
आचार्य प्रदीप