ताजा अपडेट »

भतिजले काकाको कान खाईदिए

विहीबार, ०९ बैशाख २०७८, १४ : ५१
22 Shares

सल्यान । सल्यानमा काका भतिज विच झगडा हुँदा भतिजाले काकाको कान खाईदिएका छन् । जिल्लाको कालिमाटी गाउँपालिका वडा १ का २६ वर्षिय खिमवहादुर कँवरले काका ५६ वर्षीय धनवहादुर कवँरको कान खाईदिएका हुन ।

वारीमा वाख्रा चराएको विषयलाई लिएर काका भतिजाको विवाद सुरु भएपछि खिमवहादुर कँवरले कान टोकेर खाईदिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार पुरानो रिसिविका कारण उनी दुई विच झगडा भएको पाइएको छ । यसैबीच खिमबहादुर र धनबहादुको धकेलाधकेल सुरु भयो । त्यही क्रममा खिमबहादुरले धनबहादुरको देब्रे कान टोकेर खाइदिए।

प्रहरीले अनुसन्धानको क्रममा किन कान नै निलेको भनेर धेरै खोजीनीति गर्दा नयाँ तथ्य फेला पारेको छ । केही वर्षअगाडि यस्तै झगडाको क्रममा खिमबहादुरका बाबुको कान धनबहादुरले टोकेर निलेका रहेछन् । त्यही रिसले खिमबहादुरले बाबुको बदला लिन कान टोकेर खिमबहादुरले खाएको प्रहरीसमक्ष बताएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।