ताजा अपडेट »

मुस्ताङमा हिमपात, पर्यटक उत्साहित (फोटो फिचर)

विहीबार, ०९ बैशाख २०७८, १४ : २४
8 Shares

बेनी  । लामो समयपछि बुधबारदेखि शुरु भएको हिमपातले हिमालपारीको जिल्ला मुस्ताङको भ्रमणमा रहेका आन्तरीक तथा बाह्य पर्यटकहरु उत्साहित भएका छन् । बुधबार उपल्लो मुस्ताङका साथै मुक्तिनाथ क्षेत्रमा हिमपात भएकोमा बिहीबार बिहानैदेखि तल्लो भेकको जोमसोम लगायतका क्षेत्रमा हिमपात भएको छ । बुधबार दिउँसोदेखि मुस्ताङको अधिकांश क्षेत्रमा पानी परेसँगै हिमपात भएपछि पर्यटकहरु उत्साहत भएका हुन् । खुर्पानीको दाना लागिसकेको भए पनि स्याउ फुल्ने समय भएकाले अहिलेको हिमपात अलिक बढी भएको खण्डमा स्याउलाई असर गर्ने जोमसोमका कृषक राजेन्द्र शेरचनको भनाइ छ ।

शेरचनका अनुसार अहिले मुस्ताङ क्षेत्रमा परेको हिउँका कारण मुस्ताङको मुख्य अन्नबाली उवा तथा जौँलाई भने अलिक बढी नै असर गर्छ । जौँ तथा उवाको बाला लागिसकेकोले हिउँ बढी समय रहेको खण्डमा क्षति हुनसक्ने कृषकको भनाइ छ । उवा र जौ जस्तो स्याउका लागि क्षति नहुने भए पनि हिउँ छिटो नपग्लेको खण्डमा भने उत्पादनमा कमी हुने मार्फाका कृषक दीपक लालचनको भनाइ छ ।-अमृतप्रसाद पौडेल/गोरखापत्र अनलाइन

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।