May 17, 2022
असार ४ , काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार सचिवालय बैठक बोलाएको छ। बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएपछि शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो।
‘शुक्रबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक डाकिएको छ’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘अब सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याउन सक्छ।’ श्रेष्ठका अनुसार सचिवालय बैठकमा पोलिटव्यूरो गठन, बाँकि रहेको पार्टी एकता प्रक्रियाबारेमा छलफल हुनेछ।
त्यस्तै नेकपा राजनीतिक प्रतिवेदन अझै छापिन सकेको छैन्। शुक्रबारको बैठकले राजनीतिक प्रतिवेदन पनि टुंगिन सक्नेछ।
प्रतिकृया दिनुहोस्