१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

टीकापुर। कैलालीमा धानको बीउको मूल्य निर्धारण गरिएको छ । बर्खे धानखेती गर्न किसानका लागि उन्नत तथा गुणस्तरीय धानको बीउको मूल्य निर्धारण गरिएको छ ।

Advertisement

यस वर्ष उन्नत जातको मोटा धानको बीउ प्रतिकिलो रु ६० र मसिनो रु ६५ कायम गरिएको बीजवृद्धि कृषक सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले बताए । “किसानलाई खेती गर्दा मूल्यमा एकरूपता होस् र ठगिनबाट जोगिउन् भनी हामीले यस वर्ष मूल्य निर्धारण गरेका छौँ”, प्रबन्धक रावतले भने, “मूल्य समयमै तोकिएमा किसानले बजारमा गुणस्तरहीन धानको बीउ खरिद गर्नु पर्दैन । गुणस्तरीय धानको बीउ प्रयोग गरेमा उत्पादन पनि बढी लिन सकिन्छ ।”

राष्ट्रिय बीउ उत्पादक सङ्घ कैलाली र कञ्चनपुरको गत चैत २१ गते बसेको बैठकले दुवै जिल्लामा लागू हुने गरी धानको बीउको मूल्य निर्धारण गरेको हो । उत्पादन क्षेत्रमा लागेका र क्रियाशील बीउ उत्पादक सहकारीलाई मान्य हुने गरी सङ्घले उन्नत बीउसँगै प्रमाणित मोटा धानको बीउ प्रतिकिलो रु ६८ र मसिनो रु ७० निर्धारण गरेको छ । यस्तै मूल बीउ मोटा प्रतिकिलो रु ७० र मसिनो रु ७५ निर्धारण गरेको छ । यसरी निर्धारण गरिएको मूल्य सबैलाई मान्य हुने गरी निर्धारण गरिएको मूल्य कार्यान्वयन गरिरहेको धनसिंहपुर सहकारी संस्थाका प्रबन्धक मुना घर्तीमगरले बताए । “मूल्य निर्धारण हुँदा एकरूपता मात्र होइन, किसानलाई सजिलो पनि हुन्छ । किसानले सहकारी तथा सहकारीले वितरण गरेका स्थानबाट खरिद गर्न पाउँछन्”, प्रबन्धक घर्तीमगरले भने, “गुणस्तरीय तथा उन्नत बीउको प्रयोगले उत्पादन बढ्ने भएकाले किसान नयाँ उन्मोचित उन्नत बीउको प्रयोग गर्न थालेका छन् ।”

किसानले प्रयोग गर्ने धानको बीउको जात एकै भए पनि कृषक सहकारी र कम्पनीअनुसार फरक रहने भएकाले किसान ठगीमा नपरुन् भनेर यसरी मूल्य निर्धारण गरिएको बताइन्छ । यसरी निर्धारण गरिएको धानको बीउको मूल्य गत वर्षभन्दा केही महङ्गो छ । गत वर्षभन्दा यस वर्ष धानको बीउ प्रतिकिलो रु पाँचका दरले बढेको छ । यस वर्ष सरकारले निर्धारण गरेको मूल्यभन्दा बीउ उत्पादक सहकारी र कम्पनीले १५ प्रतिशत बढी मूल्य तिरेर किसानबाट धान खरिद गरेकाले केही महङ्गो भएको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए। “हामीले धानको बीउ खरिद गर्दा नै महङ्गोमा खरिद गरेका थियौँ । हामीले सरकारले तोकेको मूल्यमा १५ प्रतिशत बढी रकममा किसानबाट खरिद गर्यौ”, उनी भन्छन्, “त्यसलाई हेर्दा अहिले बीउको मूल्य खासै महङ्गो होइन ।”

कैलाली र कञ्चनपुरमा गरी अहिले ३५ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् । तीमध्ये कैलालीको टीकापुर नगरपालिका र जानकी गाँउपालिकामा गरी ११ वटा बीउ उत्पादक सहकारी र कम्पनी छन् । टीकापुर जानकीमा अहिले एक हजार २४७ मेट्रिक टन धानको बीउ मौज्दात रहेको र अहिले ग्रेडिङ कार्य भइरहेको छ । “यतिखेर धानको बीउ ग्रेडिङ कार्य चलिरहेको छ । अबको केही दिनमा बीउ बिक्री शुरु हुन्छ”, चौधरीले भने, “यहाँको बीउ नेपालका धेरैजसो जिल्लामा जान्छ । हामीले बीउमा कैलाली जिल्लालाई आत्मनिर्भर बनाउने गरी काम गरिरहेका छौँ ।”

कैलाली जिल्लाको टीकापुर र जानकीमा रहेका बीउ उत्पादक सहकारीलाई यहाँ सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले समेत सघाउँदै आएको छ । सिँचाइ आयोजनाले बीउ उत्पादन, कृषि औजार, सहकारीका भवन निर्माणजस्ता कार्यमा अनुदान र सहयोग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य