ताजा अपडेट »

लोक सेवा विज्ञापन प्रकरण : सबै रिटको फाइल पेश गर्न आदेश

बुधबार, ०४ असार २०७६, १७ : २०
6 Shares

असार ४, काठमाण्डौं ।सर्वोच्च अदालतले विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेश गर्न आदेश दिएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले यससम्बन्धी सबै रिटका फाइल एक साथ पेश गर्न आदेश दिएको हो ।

लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । यी तीन निवेदनमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको थियो । यस्तै स्थानीय तहमा कार्यरत करार र अस्थायी कर्मचारीका तर्फबाट १२१ जनाले आयोगले स्थानीय तहका लागि खोलिएको विज्ञापन रोक्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । आयोगले यसपटक ५१५ स्थानीय तहका लागि विभिन्न नौ हजार १६१ पदका लागि आवेदन फाराम माग गरेको थियो । जसमा हालसम्म १ लाख ६५ हजार भन्दा धेरैले आवेदन दिइसकेका छन् ।

विज्ञापनका लागि आवेदन दिने म्याद मंगलवारसम्म रहेकोमा आयोगको अनलाइन सिस्टममा आएको समस्याका कारण ७ दिनका लागि थप भएको छ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकसेवाको विज्ञापन समावेशी नभएको भन्दै रद्ध गर्न माग गरेका छन् । प्रचण्डले विज्ञापन संविधान विपरित भएको भन्दै मन्त्री लालबाबु पण्डितसँग कुरा गर्ने बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।