ताजा अपडेट »

रुपन्देहीका पत्रकार बेलबासेमाथि जवर्जस्ती करणी उद्योगमा मुद्दा

बुधबार, ०८ बैशाख २०७८, ०९ : २२
20 Shares

बुटवल । रुपन्देहीको भैरहवामा एक युवा जवर्जस्ति करणीको अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले भैरहवाका पुनहरी बेलबासेलाई शुक्रबार पक्राउ गरी अनुसन्धान अगाडी बढाएको छ । उनी नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका नवनिर्वाचित कार्यसमिति सदस्य समेत हुन् ।

भैरहवाको रविपथमा नेपाल एजुकेशनल ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेका बेलबासेले आफ्नै इन्स्टिच्यूटमा पढ्न आउने युवतीलाई कोठामा बोलाएर जवर्जस्ती करणी गरेको प्रहरीको अभियोग छ । युवतीले जवर्जस्ती करणीको उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बेलबासेलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ । रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले बेलबासेलाई जवर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको बताए । अभियुक्त बेलबासेलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए ।

पक्राउ परेका बेलबासेले भने आफ्नो इन्स्टिच्यूटमा पढ्न आएकी युवतीसँग शुल्कको विषयमा छलफल हुँदा आफूले लिनुपर्ने शुल्क नछाडेपछि जवर्जस्ती करणीको आरोप लगाएको दावी गरेको प्रहरीको भनाइ छ । अभियुक्त बेलबासे आर्थिक बुलेटिन अनलाईन पत्रिकाका सम्पादक हुन् । उनी गत चैत २५ गते भएको नेपाल पत्रकार महासंघ रुपन्देहीको निर्वाचनमा कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।