१ भाद्र २०७९, बुधबार

Aug 17, 2022

Advertisement

बुटवल । लुम्बिनी प्रदेश कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बन्न थालेको छ। भारतबाट भित्रिनेको संख्या बढेसंगै यहाँका तीन जिल्लामा संक्रमितको संख्या उच्च दरमा बढेको हो। बाँके, रूपन्देही र दाङमा संक्रमित एक सातामै पाँच गुणाले बढेका छन्। यो अवधिमा कोरोना विशेष अस्पतालका बेड भरिएका छन्। पाँच अस्पतालमा १ सय १० जना आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। यीमध्ये भेन्टिलेटरमा रहेकाको संख्या ११ छ।

यो प्रदेशमा मंगलबार ५ सय ४१ जनामा कोरोना संक्रमण देखिएको छ। सोमबार ४ सय ६६ जना संक्रमित थपिएका थिए। तीमध्ये ३ सय ४२ जना बाँकेका मात्रै हुन्। दाङमा ५६ र रूपन्देहीमा ३७ संक्रमित थपिए। बाँकेमा कोरोना परीक्षण गरिएकामध्ये ५५ प्रतिशतभन्दा धेरैमा संक्रमण देखिएको छ।

प्रदेशमा चैत २६ गते ५० जना संक्रमित थपिएका थिए। त्यसको १० दिनपछि वैशाख ६ गते ४ सय ६६ जना संक्रमित थपिए। गत वर्ष वैशाखदेखि यहाँ संक्रमण उच्च दरमा बढेको थियो। चैतसम्म आउँदा संक्रमण कम बिन्दुमा झरी महिनाभर जम्मा ७ सय ३२ जना संक्रमित भएका थिए। कोरोना संक्रमणबाट सोमबार पाँच जनाको ज्यान गएको छ।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले प्रदेशमा कोरोना संक्रमणदर ५३.२६ प्रतिशत रहेको बताए। परीक्षण गर्न आउनेमध्ये आधाभन्दा धेरैमा कोरोना देखिएको डा. पौडेलले सुनाए। भेरी अस्पतालमा लक्षणसहितका ४८ जना उपचार गराइरहेका छन्। आईसीयूमा ३२ र भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ। नेपालगन्ज मेडिकल कलेजले आईसीयूमा २२ जनाको उपचार गरिरहेको छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा लक्ष्मण पोखरेल र शंकरप्रसाद खनालले लेखेका छन ।

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको क्रिमसन अस्पतालमा बिरामीको मृत्यु भएपछि तनावग्रस्त अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती १ लाख २३ हजार उम्मेदवारले निर्वाचन खर्च बुझाएनन्, कारबाही प्रक्रिया सुरु वाइसीएल इन्चार्जसहित माओवादी केन्द्रका युवाहरु एमाले प्रवेश पेट्रोलियम पदार्थको मूल्य घटाउन सकिँदैन : आयल निगम जन्मदिनको अवसरमा अनाथ आश्रममा भोजन दान तथा वृक्षारोपण रुपन्देहीको सैनामैनामा १२ दिने तीज महोत्सव हुने, करिब ५० लाख खर्च लाग्ने भारतीय ट्रकले जीपलाई ठक्कर दिँदा २ जनाको मृत्यु माओवादी केन्द्र गुल्मीको सचिवमा अशोक थापा चयन नवलपरासीबाट चिनी र खाद्यान्नसहित पिकअप गाडी नियन्त्रणमा सेयर बजार २५ अंकले ओरालाे भारतकी रजनी राईलाई नागरिकता दिलाउनेलाई अझै कारबाही भएन, प्रशासन माैन थप ८४८ जनामा कोरोना संक्रमण, १ को मृत्यु हँसिया हथौडा चिह्न प्रयोग गर्न प्रचण्ड र बाबुरामले दिए आयोगमा निवेदन युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैनः ओली लुम्बिनीमा विद्युतको महशुल नतिर्ने साढे २७ हजार ग्राहकको लाइन काटियो लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव एमाले प्रवेश देउवाले १० जनालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरे राजस्व छली ल्याउँदै गरेकाे १५ लाखको विभिन्न सामानसहित दुई जना पक्राउ बुटवलको सडकबारे नगरप्रमुख पाण्डेयद्वारा सडक विभागको ध्यानाकर्षण