ताजा अपडेट »

तिनाउमा हाते ट्याक्टर, व्यवसायिक कृषिमा लाग्न आग्रह

बुधबार, ०४ असार २०७६, १६ : ११
6 Shares

असार ४, बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले अनुदानमा कृषका लागि हाते ट्याक्टर वितरण गरेको छ । दोस्रो चरणको कार्यक्रम अन्तर्गत बुधबार ४२ वटा ट्याक्टर वितरण गरिएको हो । गाउँपालिकाको १८ लाख ५४ हजार ३ सय अनुदान तथा कृषको १२ लाख ६० हजार लागानीमा हाते ट्याक्टर वितरण गरिएको हो ।


गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तिले गाउँपालिकालाई स्मार्ट कृषि गाउँपालिकाको रुपमा विकास गर्दै जनस्तर उकास्नमा मद्दत पुग्ने विश्वाष व्यक्त गरे । प्रवृधीको प्रयोग गर्दै व्यवसायीक कृषिमा लाग्न समेत उनले आग्रह गरे । कृषकको प्रति ट्याक्टर ३० हजार तथा गाउँपालिकाको तर्फबाट ४४ हजार १ सय ५० रुपैयाँ अनुदानमा खरिद गरि वितरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिए । वडा नम्बर १ र ३ मा ११–११ वटा ट्याक्टर वितरण गरिएको छ भने वडा नम्बर २ र ६ मा समान ९ वटा तथा वडा नम्बर ४ र ६ का लागि एक–एक ओटा वितरण गरिएको श्रेष्ठले बताए ।


यसअघि पहिलो चरणमा वडा नम्बर २ मा ५ वटा तथा अन्य वडाहरुमा सबैलाई ४ वटा ट्याक्टर वितरण गरिएको थियो । गाउँपालिकाको ७ लाख २५ हजार अनुदान तथा कृषको तर्फबाट ७ लाख ५० हजार लगानीमा ट्याक्टर खरिद गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।