ताजा अपडेट »

पेस्तोल सहित एक पक्राउ

मंगलबार, ०७ बैशाख २०७८, १३ : २१
6 Shares

बुटवल। पश्चिम नवलपरासीमा १ थान पेस्तोल सहित एक जना पक्राउ परेका छन ।पश्चिम नवलपरासीको सुस्ता गांउपालीका वडा नं ५ तरेनी निवासी २२ बर्षीय सुनिल भेडिहारलाई रामनगर प्रहरी चौकीले सोमबार लोड गरेको पेस्तोल सहित पक्राउ गरेको छ ।
सोमबार विहान नेपाल भारत सीमा क्षेत्र सुस्ता गांउपालीका वडा नं ५ रामनगरमा पर्ने ४ नं ठोकरमा भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
भारतीय नम्बर प्लेटको युपी ५७ ए जेड ५०१९ नम्बरको मोट स्थित भारत तर्फबाट नेपालतर्फ आउदै गरेका उनलाई प्रहरीले रोकी चेकजाँच गर्ने क्रममा पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।
प्रहरीले उनको साथबाट एक राउण्ड चेम्बर लोड भएका टाइप ५४ जस्तो देखिने म्याग्जिन सहितको पेस्तोल बरामद गरी सार्वजनिक गरेको छ । पक्राउ परेका सुनिल भेडिहारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।