७ जेष्ठ २०७९, शनिबार

May 21, 2022

आसार ४, बाँके। बाँकेको फुल्टेक्रास्थित बाबाकुटीबाट प्रहरीले साढे १८ केजी अफिमसहित आज चार जनालाई पक्राउ गरेको छ । बिहानै अटोरिक्सामा राखेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले अफिमसहित उनीहरूलाई पक्राउ गर्न सफल भएका छन् । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष छन् ।

Advertisement

पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । आजै साँझ पत्रकार सम्मेलन गरी विस्तृत सार्वजनिक गर्ने प्रहरीले जनाएको छ । अफिमसहित चार जना पक्राउ परेसँगै नेपालमा हुने अफिम खेतीमा भारतीय लगानी रहेको खुलेको छ । नेपालगञ्जमा अफिम ल्याई पुर्याएको सूचना पाएपछि एक हप्तादेखि बाँके प्रहरीले निगरानी बढाएको थियो । “पिछा गर्दै जाँदा प्रहरीले बिहान मात्र ठूलो परिमाणमा अफिमसँगै तस्करीमा संलग्न व्यक्तिलाई पनि पक्राउ गर्यो”, बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक अरुण पौडेलले भने, “भारतीय तस्करको लगानीमा यहाँका पहाडी जिल्लामा अफिम खेती हुने गरेको खुलेको छ, हामी अनुसन्धान गर्दैछौँ, अहिले नै सबै भन्न मिल्दैन ।”

लागुऔषध ब्राउनसुगर बनाउन प्रयोग गरिने कच्चा पदार्थ अफिम खेती नेपालका पहाडी जिल्लामा हुने गरेको छ । दैलेख, जाजरकोट, रुकुम, रोल्पा, सल्यानलगायतका जिल्लामा लुकिछिपी अफिम खेती गर्ने गरिएको छ । नेपालमा अफिमको खेती गरी उक्त अफिम भारतमा लगेर ब्राउनसुगर बनाएर पुनः नेपालमा भित्रिने गरेको छ । जुन घातक लागुऔषध हो । साविकको मध्यपश्चिमका पहाडी जिल्लामा हुने अफिम तथा चरेस खेतीमा भारतीय तस्करहरुको लगानी हुने गरेको छ । पक्राउ परेकाले भारतीय व्यापारीले अफिमको बीउ र त्यसलाई हुर्काउने, बढाउने र प्रशोधन गर्ने तरिका सिकाएर स्थानीयलाई अवैध काममा लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले बताए ।

भारतीय लागुऔषध माफियाले नेपालका दुर्गम गाउँमा अफिमको अवैध खेती विस्तारमा लगानी गरिरहेका छन् । भारतीय लागुऔषध तस्करहरुले अफिमको बीउ र पैसा नेपालको पहाडी जिल्लामा पठाउने र स्थानीयले अफिमको खेती गरेर चोप निकाली पैसा लगानी गरेका तीनै भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । भारतमा अफिमलाई ब्राउनसुगर र पाकिस्तानलगायतका मुलुकमा ह्वाइट सुगर बनाउन प्रयोग गर्ने गरिएको छ । विश्वमा सबैभन्दा बढी यसको अवैध खेती अफगानिस्तानमा हुने गरेको छ । संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार म्यानमारमा अफिमको खेती फस्टाएको छ । अफिम खेती, उपयोग र व्यापार विश्वमा गैरकानूनी मानिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

मकवानपुरमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच जना घाइते भलवारी जेसीजद्वारा मुस्ताङको जन-नर्मल माध्यमिक विद्यालयलाई आर्थिक सहयोग पश्चिम नवलपरासीको बर्दघाटमा बस दुर्घटना, ३१ जना घाईते स्थापितलाई उछिनेर सिर्जना दोस्रो स्थानमा, बालेन अग्रस्थानमा नै ८ वर्ष अघि सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ जिल्ला समन्वय समिति गठनका लागि अर्घाखाँचीमा एमालेकाे स्पष्ट बहुमत रुपन्देहीको भैरहवाबाटै श्रम स्विकृति दिने तयारी काठमाडौंमा ५१ प्रतिशत मतगणना गर्न बाँकी, बालेनको निरन्तर अग्रता बुटवलको प्रमुखमा गठबन्धनबाट पाण्डे, उपप्रमुखमा एमालेकी अर्याल मनास्लु हिमालको वेसक्याम्पमा सेनाद्वारा सफाई अभियान शुरु, ४ हजार किलो बढी फोहर संकलन पदबहालीसँगै जनतालाई राहत भन्दै विद्युत महसुलमा छुट बालेन शाहले कटाए ३४ हजार मत, स्थापितसँगको मतान्तर १५ हजार बढी अमेरिकाको शिकागोमा बन्दुक हमला, कम्तीमा २ जनाको मृत्यु बलात्कारीलाई तत्काल कारबाही गर्न माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन हेटौंडा उपमहानगरपालिका : एमाले ९, कांग्रेस ८, एस र माओवादी एक/एक वडामा विजयी डोटी बस दुर्घटना : १२ जना घाइते, ५ को अवस्था गम्भीर, बालक बेपत्ता उपमहानगरको पहिलो महिला मेयरमा इतिहास रचेकी लामा विद्यार्थीलाई यौन दुब्र्यवहार गर्ने गुल्मीका २ शिक्षक पक्राउ भरतपुरमा रेनु फराकिलो अग्रतातर्फ, पौडेलले कटाए १० हजार मत मधेसमा ओली ‘मिसन’ सफल-पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले