ताजा अपडेट »

‘लोक सेवा आयोगको विज्ञापन गैरकानुनी’

बुधबार, ०४ असार २०७६, १२ : ४३


असार ४,  काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा कर्मचारीको माग गर्दै लोक सेवा आयोगले गरेको विज्ञापन असंवैधानिक र गैरकानुनी रहेको बताएका छन् । बुधबार खुमलटारस्थित निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझेपछि प्रचण्डले उक्त विचार राखेका हुन् ।

राज्य व्यवस्था समितिले उक्त विज्ञापन खारेजका लागि निर्देशन दिएको बताउँदै उनले भने,‘यसले संविधानको मूल मर्मलाई पक्रेन भन्ने हो पहिलो कुरा त । संविधानको मूल मर्म भनेको समावेसिता हो । संघीयता हो । संघीयता र समावेशिताको मर्म र भावनालाई यसले बेवास्ता गरेको छ । त्यसकारण यसलाई करेक्सन गर्नुपर्छ ।’

उनले मन्त्री लालबाबु पण्डितसँग कुरा गर्ने बताउँदै भने,‘प्रधानमन्त्रीज्यूसँग अलग्गै मिटिङ छ, यो विषयमा पनि कुरा हुँदैछ । हामी सचिवालय बसेर पनि यो विषयमा कुरा गर्दैछौं ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।