ताजा अपडेट »

‘राप्रपा अब कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बन्छ’

मंगलबार, ०८ माघ २०७५, १६ : ०१
10 Shares

माघ ८,

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राप्रपालाई अब कांग्रेस र कम्युनिष्टको वैकल्पिक शक्ति बनाउने प्रतिबद्धता जनाएका छन् ।

कम्युनिस्टको बिचार बोकेर कांग्रेस कम्युनिस्टको विकल्प बन्न नसक्ने दाबी गर्दै थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता कम्युनिस्टको एजेन्डा भएकोले त्यो कांग्रेसले बोक्दा कांग्रेस कम्युनिस्टको भाई पार्टी मात्र बन्ने जिकिर गरे ।

पार्टीद्वारा आयोजित हिन्दुत्व जनजागरण अभियान अन्तर्गत हेटौंडा ६ मा मंगलबार बिहान आयोजित घरदैलो कार्यक्रममा थापाले धर्म, सस्कृती र पहिचान रक्षाको निमित्त एकपटक सबै जुरुक्क उठ्नुपर्ने समय आएको बताए ।

मुलुकमा भ्रष्टाचार मौलाएको भन्दै उनले वाईडबडी विमान प्रकरण, सुन कान्ड, विदेशमा राखिएको कालो धन छानविनको विषयमा सरकार उदासिन हुनु दुर्भाग्यपूर्ण भएको बताए ।

निर्मला पन्तको विषयलाई अहिलेसम्म टुंगोमा पुर्याउन नसक्नु सरकारको निमित्त लज्जाको विषय बन्नु पर्ने भन्दै उनले विधिको शासन नभएको, जसले जे गरेनी हुने अबस्था लोकतन्त्रको निमित्त घातक हुने बताए । राप्रपा एजेन्डाप्रति प्रतिबद्ध रहेको भन्दै थापाले पार्टी र नेतृत्वप्रती रहेको भ्रमलाई चिर्न कार्यकर्ता पङ्ति चनाखो हुनुपर्नेमा जोड दिए ।

राप्रपा कुनै धर्मको विरोधी नभएको भन्दै धर्म निरपेक्षताले मुलुकमा धार्मिक सद्भाव र द्वन्द्व निम्त्याईएको बताए । गाउँका गाउँ धर्म परिवर्तन गराईएको प्रति उनको आक्रोश थियो ।

कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला, नगर अध्यक्ष गुरु प्रसाद सापकोटा लगायतले पनि आफ्नो धारणा राखेका थिए । सभापछि घरदैलो गर्दै वडा परिक्रमा गरिएको थियो । अध्यक्ष थापा अहिले हेटौंडा ६ को बासिन्दा हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।