ताजा अपडेट »

लुम्बिनी प्रदेशको मन्त्रीमण्डल पुर्नगठन, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३ जना मन्त्री

सोमबार, ०६ बैशाख २०७८, १६ : ५२
10 Shares


बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले मन्त्रीमण्डल पुर्नगठन गरेका छन् । मुख्यमन्त्री पोखरेलले आफू विरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका सांसद सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, कपल्पना पाण्डलाई मन्त्री र सुमन शर्मा रायमाझीलाई राज्य मन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेलले पाण्डेलाई भौतिक पूर्वाधार, विजय बहादुर यादवलाई भूमि व्यवस्था, कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएका छन् । यस्तै रायमाझीलाई राज्य मन्त्रीका रुपमा नियुक्त गरेका छन् । मन्त्री बनेका मध्ये कल्पना पाण्डे बाहेक अरु तीनै जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।