ताजा अपडेट »

तराइको गर्मी छल्न पहाडको रेसुङ्गा

मंगलबार, ०३ असार २०७६, २१ : ३४
26 Shares

असार ३,
ग्लोबल आवाज

गुल्मी । नेपालमा मनसुन आइपुग्न ढिलाई हुँदा यतिबेला देशभर गर्मी व्यापक बढेको छ । प्रिमनसुन कमजोर बनेको यो बेला गर्मी नेपालका बिभिन्न ठाउँमा अत्यधिक मात्रामा गर्मी बढेको हो । अरब र बंगालको खाडीमा उत्पन्न हुने जलवाष्प सहितको संयुक्त उच्च चापीय वायु नै नेपालको मनसुनको मुख्य आधार हो । नेपलमा असारको पहिलो साता मनसुन शुरु हुने अनुमान गरिएको थियो । तर पहिलो साता बित्न लाग्दा नेपाल भर यतिबेला अत्यधिक गर्मी बढेको छ । पश्चिमी वायुको गति र प्रभाव कम हुँदै जाँदा पानी पर्छ र बढ्दो तापमान सन्तुलनमा आउने हुँदा मानिसले राहत महसुस गर्दछन् ।


मौसमविद्का अनुसार अझै एकसाता पहाडी भेगमा अत्यधिक गर्मी रहनेछ । तराईमा भने अलिक लामो समय गर्मी रहनेछ । गत सातानै आइपुग्नु पर्ने मनसुन यो वर्ष एकसाता ढिला हुने मौसमविद्को भनाई छ । पानी पार्ने मौसम भित्रिन ढिला हुँदा नेपालका पहाडी भेगको तुलनामा तराईमा अत्यधिक मात्रामा गर्मी बढेको छ । अहिले नेपालका मुख्य तराईका क्षेत्रहरुका अधिकतम तापक्रम ४३ डिग्रीसम्म पुगेको मौसमबिदहरुले अनुमान गरेका छन् ।


तराई र तराइका आसपासका क्षेत्र अत्याधिक मात्रामा गर्मी बढेको बेला गुल्मीमा भने गर्मीको खासै प्रभाव परेको छैन् । तराईबाट गर्मी छल्न यतिबेला पहाडी भेग अन्र्तगत गुल्मी उत्तम ठाउँको रुपमा परिचित छ । जिल्लामा रेसुङ्गा अजुन जस्ता अग्ला पहाडको बिचमा सदरमुकाम तम्घास रहेको छ । समुद्री सतहबाट २३ सय मिटर अग्लो शिर रेसुङ्गा र २ हजार मिटरको उचाइमा रहेको अर्जुन डाँडा यहि रहेकाले तराईको गर्मी छल्न यतिबेला गुल्मीको रेसुङ्गा र अर्जुन उत्तम ठाउँको रुपमा परिचित छन् । चिसो हावाले मनै लोभ्याउने दृश्य सहित रेसुङ्गा र अर्जुन क्षेत्रको अबलोकन गर्न छिमेकी तराईका बुटवल लगायत बिभिन्न ठाउँबाट गर्मी वढेसँगै गुल्मी आउने बढेका छन् । वढ्दो गर्मीलाई गुल्मीको चिसो हावापानीसँग रमाउन जिल्लाबाट तराई बसाई सरेका र तराईमा बस्दै आएका पनि यतिबेला पहाडी जिल्ला मध्ये गुल्मी प्रमुख गनतव्य बनेको छ ।


तराईको जिल्लासँग नजिकै रहेको गुल्मी जिल्ला बुटवलबाटबाट १ सय १५ किलोमिटर पक्की सडक भएर सदरमुकाम तम्घास आउन सकिन्छ । यहाँ आउन बिभिन्न सवारी साधनहरु पयाप्त मात्रामा पाइन्छन् । तराइमा गर्मी दिनहुँ दिन बढिरहेको बेला गुल्मी तम्घासमा अधिकतम तापक्रम २७ सम्म पुग्ने गरेको छ । जिल्ला सदरमुकाम तम्घासमा चिसो हावासँगै रेसुङ्गा अबलोकनका लागि यतिबेला तराईबाट आउनेको संख्यामा बृद्धि भएको छ । सदरमुकाम तम्घाससँगै यतिबेला चिसो हावासँग रमाउनको लागि रेसुङ्गा जाने पनि वढेका छन् । तम्घासबाट रेसुङ्गा जानेहरुका लागि सवारी साधानबाट २५ मिनेटको यात्रा र केहि पैदल यात्रापछि पुग्न सकिन्छ । रेसुङ्गामा पुगेर बिभिन्न धार्मिक स्थलको अवलोकन र सुन्दर दृश्यसँग रमाउन सकिन्छ ।

रेसुङ्गामा बस्नेहरुका लागि समिति मार्फत निशुल्क सादा खाना र बस्नको लागि वाँसको व्यवस्था पनि गरिएको छ । रेसुङ्गा क्षेत्र गर्मीसँगै शितलता लिन र अबलोकन गर्न यतिबेला निकै उत्तम समय रहेको छ । दिउँसोको समयमा छिनछिनमा खुल्ने आकाश दखिने सुन्दर दृश्यले त्यहि बसेर रमाउन मन लाग्ने वातावरण यतिबेलाको मौसमा पाउन सकिन्छ । रेसुङ्गा धार्मिक ऐतिहासि र पर्यटकीय महत्वले भरिपूर्ण मानिने क्षेत्र हो । यहाँको महिमा महत्व बिचित्र रहेको छ । रेसुङ्गासँगै यतिबेला अर्जुन क्षेत्रमा पनि शितलता लिनको निम्ति घुम्ने र रमाउने ठाउँ रहेको छ । तम्घासबाट २० मिनेटको यात्रापछि अर्जुन क्षेत्रमा पुग्न सकिन्छ । यहाँ पनि महिमा विचित्र रहेको छ । गर्मिसँगै शितलता लिनको लागि पुग्न सकिने ठाउँ अर्जुन रहेको छ । यतिबेला बढ्दो गर्मीमा प्रकृतिसँग रमाउन गुल्मी आउनुहोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।